सिरहा, ३० भदौ। सिरहा गोलबजारमा मोटरसाइकलको ठक्करबाट ४ वर्षिय बालकको मृत्यु भएको छ। गोलबजार नगरपालिका १३ दुर्गापुरका रामदयाल यादवको ४ वर्षिय छोरा आयंश यादवको प्र. २–०१ प ६८५६ नम्वरको मोटरसाइकलको ठक्कबाट मृत्यु भएको हो।
घरनजीकै सडकमा खेलिरहेको अवस्थामा मोटरसाइकले ठक्कर दिएको स्थानीयले बताएको छ। ठक्करबाट घाइते आयांशलाई अस्पताल पुर्याएपनि अस्पतालले मृत घोषणा गरेको छ।
प्रहरीले ठकक्रदिने मोटरसाईकल नियन्त्रणमा लिएपनि चालक भने फरार रहेको जनाएको छ। छिमेककै र व्यक्तिले मोटरसाइकल चलाउँदा दुर्घटना भएको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ।






















