सिरहा, २९ भदौ। गोलबजार १२ मा खानेपानीको हाहाकारसम्वन्धि समाचारपछि मन्त्रालयको ध्यानाकर्षण भएको छ। यो समाचार गमकपोष्ट अनुलाईसहितका सञ्चारमाध्यमका प्रकाशित भएपछि सिरहाको गोलबजार नगरपालिका १२ बेतौना–हरिपुरको खानेपानी समस्याप्रति खानेपानी मन्त्रालयको ध्यानाकर्षण भएको हो।
समाचार प्रकाशित भएपछि मन्त्रालय डिजिको निर्देशनमा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, जनकपुरधामको टोलीले गोलबजार नगरपालिकाका कर्मचारी र आफ्नो प्राविधिकसहित सोमबार गोलबजार नगरपालिका १२ बेतौना हरिपुर पुगेको छ। टोलि स्थानीयको खानेपानी समस्या रहेको स्थलको स्थलगत निरीक्षण गरेको हो। समाचार गत शनिवार २४ गते प्रकाशन भएको थियो।
हरिपुरका करिब २०० परिवार लामो समयदेखि एउटै समर्सेवल पम्पको भरमा खानेपानीको जोहो गर्दै आएका छन्। अधिकांश घरका आँगनमा चापाकल भए पनि भूमिगत पानीको सतह घटेपछि चापाकलबाट पानी आउन छाडेको स्थानीयको भनाई छ। स्थलगत निरीक्षणपछि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरधामले तत्काल खानेपानीको व्यवस्था गर्ने तयारी थालेको छ।
आफै प्रभाति क्षेत्र पुगेका कार्यालयका प्रमुख मिहिरचन्द्र आचार्यका अनुसार सञ्चारमाध्यममा गोलबजार १२ को खानेपानी समस्याबारे समाचार प्रकाशित भएपछि मन्त्रालय र कार्यालयको ध्यानाकर्षण भएको हो।
‘हामी आजै अपरान्ह करिब १२ बजे समस्या भएको गाउँमा पुग्यौँ। त्यहाँ खानेपानीको समस्या रहेछ। हामीले स्थलगत निरीक्षण पनि गर्यौँ,’ प्रमुख आचार्यले भने।
उनका अनुसार कार्यालयले बेतौना हरिपुरमा चार इन्चको करिब १२० मिटर गहिरो बोरिङसहित ओभरहेड ट्यांकी निर्माण गर्ने तयारी गरेको छ। त्यससँगै स्थानीयलाई सहज रूपमा खानेपानी उपलब्ध गराउन करिब ५ देखि १० वटा धारासमेत निर्माण गरिने उनले बताए।
स्थानीइ आवश्यकता अनुसार थप बोरिङसमेत जनडान गर्न सकिने आचार्यले बताए।
बोरिङ जडानका लागि आवश्यक जग्गा उपलब्ध हुनासाथ काम सुरु गरिने उनले जानकारी दिए। उनले भने, ‘मंगलबार बिहान वडा कार्यालयले स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासहित बैठक राखेको छ।‘ वडा कार्यालयले बोरिङ जडानका लागि जग्गा उपलब्ध गराउनेबित्तिकै मन्त्रालयको निर्देशनअनुसार काम सुरु गछौं।’
वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयले सञ्चारमाध्यममा समस्या सार्वजनिक भएपछि सरकारी निकायको ध्यानाकर्षण भएको भन्दै अब भने समस्या समाधान हुने अपेक्षा गरेका छन्। अहिले सम्म स्थानीयको घरघरमा चापाकल भए पनि पानी नआउने र एउटै समरर्सेवलको भरमा गाउँभरीकाले पानि भर्नु पर्ने समस्या छ।
सम्वन्धित समाचार https://gamakpost.com/news/2026/09/09/7235.html






















