सिरहा, २८ भदौ। सिरहाको बरियारटी गाउँपालिका ३ नवटोलिनजीकै खेतमा बेवारीसे अवस्थामा फेलापरेको सकेट बम नेपाली सेनाले डिसपोज गरेको छ। वेवारिसे अवस्थामा गाउँ नजीकैको धानखेतमा फेलापरेको पुरानो सकेटबम चोहर्वास्थित नन्दाबक्स गणबाट गएको नेपाली सेनाको सिस्पोजल टोलिले जिस्पोज गरेको हो। 

स्थानीयले देखेपछि स्थानीय प्रहरीलाई खवर गरेका थिए। जानकारी पाउनसाथ पुगेको प्रहरीले घटनास्थल सुरक्षति राखी नेपाली सेनाको टोलिले डिसपोज गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी अधिकृत नरेश लिम्वुले जानकारी दिए। बम ततकालिन माओबादी द्वन्द्वकालमा छुटेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।