फोटो : सामाजिक सञ्जालबाट।
सिरहा, २७ भदौ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी सिरहाको औरही गाउँपालिकामा आयोजित शैक्षिक सुझाव संकलन कार्यक्रम विवादका कारण बिथोलिएको छ। कार्यक्रममा मन्तव्यका लागि समय नदिएको विषयमा विवाद भएपछि मन्त्री पोखरेल बोल्दाबोल्दै कार्यक्रमबाट बाहिरिएका हुन्।
मधेश प्रदेशमा शैक्षिक कार्यक्रम तथा पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गर्ने क्रममा मन्त्री पोखरेल शनिबार औरही गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रममा सहभागी नागरिक तथा वक्ताहरूले आफ्ना धारणा राखिसकेपछि मन्त्री पोखरेल कार्यक्रमस्थल पुगेका थिए। ढिलो पुगेका मन्त्री पोखरेलले पुनः सुझाव दिन आग्रह गरेपछि केही सहभागीले आफ्ना कुरा राखेका थिए।
तर, कार्यक्रमको पूर्वनिर्धारित तालिकाअनुसार मन्तव्यका लागि समय छुट्याइएका वक्ताहरूलाई बोल्न नदिई मन्त्री पोखरेल आफैं बोल्न थालेपछि विवाद उत्पन्न भएको कार्यक्रमका एक सहभागीले बताए।
जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतोका अनुसार मन्त्री ढिलो पुगेपछि कार्यक्रमको तालिका प्रभावित भएको थियो। मन्तव्यका लागि समय छुट्याइएका वक्ताहरूले आफ्ना समस्या र सुझाव राख्न पाउनुपर्ने आग्रह गर्दा विवाद भएको उनले बताए।
‘तीन घण्टा अगाडि नै कार्यक्रमको सेडुल बनेको थियो। मन्त्रीज्यू ढिलो आउनुभयो। वक्ताहरूलाई बोल्न नदिएर आफैं बोल्न थालेपछि विवाद भएको हो,’ महतोले भने, ‘विवाद भएपछि मन्त्रीज्यू बोल्दाबोल्दै बीचमै निस्किनु भयो। कार्यतालिकाअनुसार कार्यक्रम सञ्चालन नभएपछि कार्यक्रम नै बिथोलियो।’
महतोका अनुसार केही स्थानीयले वक्ताहरूलाई बोल्न दिनुपर्ने भन्दै होहल्लासमेत गरेका थिए।
तपाइलाइै नै बोल्न नदिएपछी विवाद भएको हो? भन्ने प्रश्नमा सभापती महतोले कार्यक्रम तालिका अनुसार आफ्नो मन्तवय हुदा हुँदै मन्त्वय कटागएर मन्त्री बोल्न थालेपछी आफुले स्थानीय समस्या राम्रोसंग बुझेको र आफ्नो भनाई पनि सुन्न दिनुपर्ने माँग गर्दा नदिएपछी मन्त्रीसंग आएका ब्यक्तीसंग विवाद भएको बताए। सोही क्रम्मा दुवै पक्षबाट विवाद सृजना भएपछी मन्त्री बोल्दा–बोल्दै विचमै छोडेर हिडेको बताए।
गाउँ पलिका अध्यक्ष शिवजी यादवले पनि विचमा कार्यक्रम आएर हतार छ भने बोल्न थालेपछि समस्या भएको बताए। मन्त्री २÷३ बोल्दा बोल्दै सभापति जी ले हामीले पनि बोल्न पाउनु पर्ने माँग गरे। त्यसैवेला रास्वपा कार्यकतासँग सामान्य विवाद भएको थियो। त्यसैवेला फोटो खिचेको बेचला रास्वपता कार्यकताविचै भनाभन हुँदा होहल्ला भएको हो। त्यतिवेलै मन्त्री जी निस्केर हिडेनु भयो, अध्यक्ष यादवले भने।
यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकले जिल्ला समन्वय समितिका सभापतिको मन्तव्य राख्ने विषयमा विवाद उत्पन्न भएको जानकारी दिए।
जिल्ला समन्वय समितिका सभापतिको मन्तव्य नराखिएको विषयमा विवाद भएको एसपी पाठकले भने।
विवाद भएपछि मन्त्री पोखरेलले आफ्नो मन्तव्य छोट्याएर कार्यक्रमबाट बाहिरिएको उनले बताए।
मन्त्री पोखरेल मधेश प्रदेशका विभिन्न जिल्लामा शैक्षिक कार्यक्रम तथा पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गर्ने क्रममा सिरहा पुगेका थिए।






















