गोलबजार, २० भदौ। कृष्णा जन्म अष्ठमीको अवसरमा सिरहाको चोहर्वामा ‘मट्का फोड’ प्रतियोगिता सम्पन्न भएको छ। गोलबजार नगरपालिका ८ चोहर्वा कृणा जन्माष्ठमी मेला समितिद्वारा आयोजित मट्का फोड प्रतियोगितामा दिनेस यदब टीम भाईजिटोल प्रथम भएका छन्। यो डिमले ४७ सकेण्डमा मटका फोडेका थिए।
प्रतियोगितामा दोस्रो स्थापनपनि रोसन मण्डल(चेरी) भैजिठोलले हात पारेका छन्। यो टीमले एक मिनट १२ सकेण्डमा मटका फोडेका थिए।
त्यसैगरी तेस्रो येस्तानमा रबिन कुमार मण्डल पानवारी टीम भएका छन्। यो टीम २ मिनछट १६ सकेण्डमा मटका फोड्न सफल भएका थिए।
प्रतियोगिताका विजेताहरु क्रमशः प्रथम हुनेलाई ३१ हजार १५५ रुपैयाँ, दोस्रोलाई २१ हजार १५५ र तेस्रो विजेतालाई १५ हजार १५५ रुपैयाँ नगदसहित ट्रफि प्रदान गरेको मेला समितिले जानकारी दिए।
प्रतियोगितामा पाँच वटा समूले भाग लिएका थिए। बाँकी दुई टीमलाई पनि सान्त्वना पुरस्कार स्वरुप ५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरिएको आयोजकले बताए।
केष्णा जन्म अष्ठमी दिन पारेर मेला समितिले बाँसको लिङ्गो बनाई २२ फिटको उचाँईमा झूड्याएको मटका (माटोको भाँडो) यरुवाहरु आफैमाथि खातैखात लागी चढेर फूटाल्ने गरिन्छ।
समयको आधारमा सवैभन्दा कम समयमा मट्का फोड्ने प्रथम र क्रमशः दोस्रो, तेस्रो छानिने गरेको आयोजकको कथन छ।
प्रतेक वर्ष कृष्ण जन्म अष्ठमीको उपक्ष्यमा सिरहाको चोहर्वामा ‘मटका फोड’ प्रतियोगिता हुँदै आएको छ।
शुक्रवारै भएको प्रतियोगिता पानीका कारण स्थगित भएको थियो। आज विहान बाँकी प्रतियोगिता गरिएको आयोजकले बताए।






















