काठमाडौं, १९ भदौ। रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र ९ दिनदेखि थुनिएका दुई जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जन रहेका छन्।

सुरुङबाट जीवितै उद्धार गरिएका दुवै जनालाई तत्काल उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै छ।

सुरुङभित्र अझै अन्य व्यक्तिहरू सकुसल रहेको सञ्जय साह बताए। थुनिएका सम्भावित अन्य व्यक्तिहरूको तीव्र खोज तथा उद्धारका लागि उद्धार टोलीले निरन्तर काम गरिरहेको छ।

शुक्रबार बिहान उद्धार भएका सञ्जय साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारीमा हुन्।

Uddar_trisuli 3A