लहान, १८ भदौ। सिरहका छात्रछात्राले रसुवाको घोटेकोशी विनासकारी पाढीपीडितको पुनस्र्थापना र रहातकोलागि करिव ३३ हजार रुपैयाँ सहयोग संलन गरेका छन्। उनीहरुले आ–आफ्नै विद्यालयमा अध्ययनरत साथीहरुबाट संकलन गरेको ३२ हजार ७४५ रुपैयाँ प्रधानाध्यापक मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। 

आजै सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सीतापुर(प्रध) स्थिति रामा महन्थी यादव जनता माध्यमिक विद्यालयमा अध्यनरत छात्रछात्राले रसुवाको भोटेकोशी बाढी पीडितहरुका लागि आर्थिक सहयोग गरेका छन्। विद्यालयका विभिन्न कक्षामा अध्यक्षरत विद्यार्थीहरुले सामुहिक रूपमा पचास, सय रुपैयाँ गरी उठाएको १० हजार ६७० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। 

विद्यालयका प्रधानाध्यापक कासिन्द्र प्रसाद यादवले संकलित रकम कोषको खातामा जम्मा गरिएको बताए।

balkawa

गोलबजार नगरपालिका ११, बलकावास्थित मदरसा नुरूल इस्लामका शिक्षक तथा विद्यार्थीहरूले बाढीपीडितलाई सहयोगको लागि रकम संकलन गरेका छन्। मरसाका शिक्षक तथा विद्यार्थीहबाट संकलित १५ हजार ९५ रुपैयाँ प्रधानमन्त्री सहयोग कोषमा जम्मा गरेका छन्। 

kasaha

त्यसैगरी, धनगढीमाई नगरपालिका ७ स्थित जनता माध्यमिक विद्यालय अध्योध्यानगर कसहाका विद्यार्थीहरुले ६ हजार ९८० रुपैयाँ सहयोग गरेका छन्। उक्त विद्यालयमा अध्ययनरत ७ देखि १० सम्मका ११४ जना विद्यार्थीले उक्त रकम सहयोग गरेको प्रधानाध्यापक सुरेश साहले जानकारी दिए। उक्त रकम १६गते मंगलबारकै दिन प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रअ साहले बताए।