सुभाष कायस्थ

जनकपुरधाम, ११ भदौ। मधेश प्रदेश सरकारले रसुवा जिल्लाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीको घटनाप्रति दुख व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीको एक दिन बराबरको  तलब विपद् व्यवस्थापन कार्यमा सहयोग गर्ने उद्देश्यले केन्द्रिय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ। 

बुधवार मन्त्रिपरिषदको बसेको बैठकबाट भोटेकोसी नदीमा आएको बाढीका कारण भएको जनधनको व्यापक क्षति प्रति गहिरो दुःख प्रकट गर्दै मधेश प्रदेश सरकार मृतकप्रति हार्दिक समवेदना व्यक्तसहित  घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। 

प्रभावित क्षेत्रका नागरिकको खोज, उद्धार र राहत कार्यमा सहयोग पु¥याउन मधेस प्रदेशका आम नागरिक, बुद्धिजीवी, उद्यमी, व्यवसायी, समाजसेवी तथा आमसञ्चार जगतलाई मधेश प्रदेश सरकार हार्दिक अपिल गरेको छ। 

यसका साथै यस विपद्को घडीमा विपद् व्यवस्थापनको कार्यमा सहयोग पु¥याउन मधेस प्रदेश, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री लगायत सम्पूर्ण पदाधिकारी र कर्मचारीको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा दाखिला गर्ने निर्णय गरेको मुख्यमन्त्री सचिवालयले जनाएको छ।