सिरहा, ११ भदौ। भोटेकोशी बाढीका कारण ८२६ जना अझै सम्पर्कविहीन भएका छन्। सिरहाकामाज्ञ ६ जना इन्जितियरको अवस्था अज्ञात पनि अझै अज्ञान रहेको छ।
सम्पर्कविहीन हुनेमा सिरहाको गोलबजार नगरपालिका ७ का करिब ३२ वर्षीय राजा कुमार यादव, कल्याणपुर नगरपालिका ११ का करिब ३० वर्षीय रोशन साह, सुखीपुर नगरपालिकाका आनन्द कुमार सिंह, कल्याणपुर नगरपालिका ११ डोकहाका श्याम सुन्दर साह (जिज्ञासु), लहान नगरपालिका १५ विराटनगर टोलका इन्जिनियर मुकेश कुमार चौधरी र सखुवानन्कारकट्टी गाउँपालिका १ भौर टोलका सकलदेव यादव (मुन्ना) रहेका छन्।
परिवारका अनुसार सम्पर्कविहीन सबैजना रसुवास्थित विभिन्न हाइड्रोपावर तथा निर्माण आयोजनामा कार्यरत थिए।
गोलबजार नगरपालिका ७ का राजा कुमार यादव १११ मेगावाटको शेर्पा हाइड्रोपावर कन्स्ट्रक्सन प्रा.लि. आयोजनामा करिब दुई वर्षदेखि सिभिल इन्जिनियरका रूपमा कार्यरत थिए।
बाढी आएको खबर पाएलगत्तै परिवारले उनलाई सम्पर्क गर्ने प्रयास गरे पनि हालसम्म सम्पर्क हुन नसकेको उनका भाई रोशन यादवले जानकारी दिए।
कल्याणपुर नगरपालिका ११ का रोशन साह, सुखीपुर नगरपालिकाका आनन्द कुमार सिंह, कल्याणपुर नगरपालिका ११ डोकहाका श्याम सुन्दर साह (जिज्ञासु), लहान नगरपालिका १५ विराटनगर टोलका इन्जिनियर मुकेश कुमार चौधरी, सखुवानन्कारकट्टी गाउँपालिका १ भौरटोलका सकलदेव यादव (मुन्ना) सवैजना हाइड्रो कम्पनीमा कार्यरत थिए। उनीहरु बाढीपछि सम्पकर्ममा नरहेको पारिवारीक स्रोतले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीपछि पर्यटकहरू र विभिन्न निकायका सुरक्षाकर्मीसहित ८२६ जना अझै सम्पर्कविहीन छन्। जसमध्ये पर्यटकको सङ्ख्या ५७९ रहेको प्राधिकरणले जनाएको छ। बाढीपछि बिहीवार बिहानसम्म कम्तीमा १६५ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ।
बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति पु¥याएको बताइएको छ। बाढीका कारण नदी किनारका बस्ती, सडक तथा विभिन्न संरचनामा समेत क्षति पुगेको छ।



















