काठमाडौं, १० भदौ। भोटेकोसीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ७२ पुगेको छ। बुधबार साँझ प्रहरीले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरी ७२ जनाको शव फेला परेको हो।

जसमा २३ जना महिला, ३१ पुरुष, दुई बालिका, एक बालक र १५ जना पहिचान नखुलेका छन्।

रसुवामा एक जना पुरुष, नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जना, धादिङमा ११ महिला, ५ पुरुष र पहिचान नखुलेका २ जना गरी १८ जना, चितवनमा ५ महिला १३ पुरुष र नखुलेका १० गरी २८ जनाको शव फेला परेको छ। 

यस्तै, तनहुँमा २ पुरुष, एक बालिका र एक बालक गरी ४ जना, नवलपरासी पूर्वमा एक बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।