सिरहा, ९ भदौ। ब्रह्माकुमारी राज योग सेवाकेन्द्र र ब्रह्माकुमारीज समाज सेवा प्रभागको आयोजनामा सम्पन्न पाँच दिवसिय रक्तदान महाअभियान कार्यक्रममा ९९९ प्रिन्ट रक्त संकलन भएको छ। राजयोगिनी दादी प्रकाशमणिको १९ औ स्मृति दिवस तथा विश्व वन्धुत्व दिवसको अवसर पारेर ब्रह्माकुमारी राज योग सेवाको जनकपुर केन्द्रले आयोजना गरेको पाँच दिवसिय रक्तदान कार्यक्रममा उक्त परिमाणमा रक्त संकलन भएको हो।

यहि भदौ ५ गतेदेखि ९ गतेसम्म भएको रक्तदान महाअभियोनमा सिरहाबाट २४१, धनुषामा ५०, महोत्तरीमा २८६, सर्लाहीमा २५०, उदयपुरमा ११७ र सिन्धुलीमा ५५ गरी ९९९ प्रिन्ट रगत संकलन भएको संस्थाका जनकपुर क्षेत्रीय प्रमुख ब्रह्म कुमारी श्रृजना दिदीले जानकारी दिए।

विश्वव्यापी वरुपमा भईरहेको यस रक्तदन कार्यक्रम जनकपुर सेवा आश्रम अन्तर्गत सिरहामा सदरमुकाम सिरहा, वन्दिपुर, गोलबजार, सगरमाथा चौहरी आँखा अस्पताल लहान र ब्रह्माकुमारी राज योग सेवाकेन्द्र भवन लहानमा रक्तदान कार्यक्रम सम्पन्न भएको ब्रह्माकुमारी युबा प्रभाग जनकपुर क्षेत्रीय संयोजक ब्रह्मकुमार बबिन भाईले जानकारी दिए।

त्यसैगरी, धनुषाको जनकपुरधाममा, महोत्तरीरको बर्दिवास र गौशालामा, सर्लाहीको सोल्टी र हरीवनमा, सिन्धुलीको सरमुकाममा र उदयपुरको गाईघाटमा गरी जम्मा १७ स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।
रक्तदान भनेको स्वेच्छाले गर्ने कार्य भएको श्रृजना दिदीले बताए। उनले, ‘दान भनेको स्वेच्छाले गर्ने कार्य हो। हामीले सवैले सेवागर्न पाउने भन्ने उद्देश्यले विभिन्न ठाउँहरुमा रक्तदान स्थल कामय गरेका थियौं, सवै ठाउँमा उत्साहपूर्ण रुपले रक्त दान भएको छ।’
‘तपाईहरुले दिनुभएको एक पोका रगतले ३ जनाले पुनरजीवन पाउँछन्, यो भन्दा पुन्यकार्य र महादान केही हुन सक्दैनन्’, श्रृजना दिदीभले भने।
उनले शान्तिको लागि ज्ञान पान, योग ध्यान र रक्तदानलाई जोडेर हामी मानव सेवामा समर्पित भएको पनि बताए। हामी यहि उघेश्य सहित समाजसेवामा लागेको पनि उनले सुनाए।






















