सिरहा, ९ भदौ। सिरहाको गोलबजारमा एक वृद्धाको शव फेला परेको छ। गोलबजार ३ गागनखोला पश्चिमि किनारको खयर घारिमा नरहा गाउँपालिका ३ खोरियाको मो. अवु खानको श्रीमती ७० वर्षिय सलुखुन खातुनके शव फेला परेको हो।
पूर्व–पश्चिम जागमार्ग अन्तर्गत गोलबजार ३ गागनखोला पुलदेखि करिव सय मिटर पश्चिम किनारमा खयर घारीमा घोप्टो परेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थललाई शिल गरेर आवश्यक प्रकृया पुरा गरिरहेको जनाएको छ। शव अहिले घटनास्थलमै रहेको छ। उनको आफन्तहरु पनि आईरहेकाले आवश्यक प्रकृया पुरा गरेर शव पोष्टमार्टमको लागि पठाउने प्रहरीको भनाई छ।
सोमबार अपसान्ह घरबाट हराईरहेकी उनको आफ्नो आफन्तको खोजतलास गरिरहेको भएपनि प्रहरीमा खवर गरेको थिएन। वृद्ध भएकाले आफ्नो आफन्तको गएको हुनसक्ने भन्दै खोजतलास गरिरहेको आफन्तले बताए।
प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ।






















