सिरहा, ७ भदौ। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ५ खरुक्याही टोलमा खेत पटाउने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। घर नजीकै रहेको आफ्नै खेतमा पानी पटाउने क्रममा मोटरको तार मिलाउँदै गर्दा करेन्ट लागेर स्थानीय करिव ४५ वर्षीय मो. इसा अंसारीको ज्यान गएको हो।
प्रहरीका अनुसार आइतवार दिउँसो करिब १ः४५ बजे करेन्ट लागेर गम्भीर घाइते भएका अंसारीको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरी टोलीले घटनास्थलको मुचुल्का लगायतका प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।
शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका अस्पताल लगिएको प्रहरीले जनाएको छ।






















