गोलबजार, ७ भदौ। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ब्राउनसुगरसहित धनगढीका ३ युवकलाई गोलबजारबाट नियन्त्रणमा लिएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार ४ स्थित विकास लज अगाडीबाट प्रहरीले ९ ग्राम ५४ मिलिग्राम ब्राउनसुगरसहित धनगढीमाई नगरपालिका ८ का १९ वर्षिय दिपक कुमार यादव, ७ का २० वर्षिय आशिक महतो र १८ वर्षिय राजेश कुमार दासलाई प्रहरीले उक्त ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो। 

पूर्वबाट पश्चिम तर्फ गईरहेको मधेश प्रदेश ०१–००५ प २४१३ नम्वरको मोटरसाइकलमा सवारहरुमाथि संकालागि चेकजाँच गर्दा मोटरसाइकलका चालकसमेत रहेका यादवको साथबाट उक्त ब्राउनसुगरसहित २ हजार ९२० रुपैयाँ नगद, दुई थान मोबाईलसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश वहादुर पालले जानकारी दिए। 

प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गररहेको जनाएको छ।