लहान, ६ भदौ। नेपाल प्रेस युनियन सिरहाको आठौं जिल्ला अधिवेशनबाट सम्भु कुमार यादवको अध्यक्षतामा नयाँ कार्यसमिती सर्वसम्मत चयन भएको छ। शनिवार लहानमा सम्पन्न अधिवेशनले यादवको अध्यक्षतामा १२ सदसीय जिल्ला समिती जयन गरेको हो।

समितिाको उपा–अध्यक्षमा एलिना हिमाङ, एम महतो, सचिवमा सविन बाबु यादब, कोषा अध्यक्षमा संजय बिश्वकर्मासहित सर्वसम्मत जिल्ला समिति चयन भएको अध्यक्ष यादवले जानकारी दिए।

आजैसम्पन्न जिल्ला अधिवेशनले रामबाबु यादव, भरत जभर्घामगर, सन्तोष सुवेदी र प्रमेश्वर साहलाई केन्द्रीय प्रतिनिधी चयन गरेको छ।
अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथी नेपाली काँग्रेसका जिल्ला सभापति रामचन्द्र यादव लोकतन्त्र जीवनत रहन स्वतन्त्र प्रेसको महत्वपूर्ण योगदान रहने बताए। उनले अहिले सरकार विस्तारै निरंकुषताको दिशामा अगाडी बढेको बताए। उनले अहिले राज्य हुकुम प्रमाङ्गीणीको भरमा चलेको भन्दै कसैको दवाव र प्रभावमा पत्रकारलाई पक्राउ गर्ने, धम्याउने, थुन्ने, त्रासमा पार्नेजस्ता काम भईरहेको बताए।
उनले पत्रकारीता क्षेत्र आफ्नै कारणले संकट झेलिरहेको पनि बताए। उनले भने, ‘पछिल्ला दिनमा पत्रकारहरु प्रभावमा परेर सत्यतथ्य जाँच नगरी समाचार सम्प्रेशन गर्ने गरेको छ। जसका कारण प्रेस जगत आफै संकटमा पर्ने देखिएको छ।’
कार्यक्रमका विशिष्ठ अतिथी नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेल पौडेलले नेपाली प्रेस संकटमा रहेको बताए। पछिल्लो पटक कोभिट पछि पत्रकारीता क्षेत्र संकटमा पर्दै गएको उनले दावी गरे। ‘छापा, रेडियो र पछिल्लो पटक अनलाइन मिडियाको एकक्षत्र राज गरिरहेको छ। हामिले समय अनुसार आफुलाई ढाल्दै लैजानु पर्छ। छिटो छिटो भईरहेको परीवर्तनप्रति आफूपनि अभ्यस्त हुँदै नजाने हो भने पेशा संकटमा पर्छ।’
उनले कसरकार पत्रकारीता क्षेत्रमा ठाडो ढंगबाट हस्तक्षेप उत्रिएको बताए। उनले समाचार लेखेकै कारण व्यक्तिगत गोपनियताको विषय र साइवरक्राईमको बाहानामा सरकारले मिडियालाई नियन्त्रण गर्न खोजिरेको बताए।
समाजिक संजालका कारण पत्रकारिता क्षेत्रले संकट वेहोर्नु परिरहेको बताउँदै यसलाई चिर्ने र व्यवस्थि तगर्ने जिम्मेवारी पनि हाम्रै भएको बताए। ‘सामाजिक सञ्जालमा आएका टुक्रे सूचनालाई आम मनिसले समाचार भनेर बुझ्ने गरेको छ। त्यो समाचार होइन भन्ने बुझाउने र सत्यथ्य समाचार पस्किने जिम्मेवारी पनि हाम्रै हो,’ महामन्त्री पौडेलले भने।
आर्थिक रुपले पनि पत्रकारितोुुुुुुु संकटमा परेका छन्।
उनले स्थानिय र प्रदेश सरकारले नीति बनायर संचारक्षेत्रलाई जोगाउन सक्नु पर्नेमा जोड दिए।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकिन्द्र पासमानले लोकतन्त्रलाई कलमले मात्र बचाउन सक्ने बताउँदै अहिले निरंकुशता हावि हुनलागेको बताए। उनले लोकतन्त्रको रक्षाको लागि कलमलेमात्र योगदान गर्न सक्ने जिकिर गरे।
‘लोकतन्त्रलाई कलमले मात्र सच्याउन सक्छ। अहिले निरंकुशता हावि हुनलागेको छ। लोकतन्त्रको रक्षाको लागि कलमले आफ्नो ताकत देखाउन सक्नु पर्छ’, केन्द्रीय सदस्य पासवानले भने।
उनले भने, ‘पत्रकारलाई थुन्ने, धम्क्याउने, त्रासमा पार्ने र पत्रकारितालाई डोमिनेट गर्ने काम भइरहेको छ। सरकारको यो रबैयाबाट नेपाली पत्रकारिता डगमगाउँदैन। तपाईं पत्रकार साथिहरु निरन्तर सत्य, तथ्य समाचार सम्प्रेषण गर्नुहोस, हामी तपाईंहरुको साथमा छौं।’
अधिवेशन उद्घाटन समारोहमा युनियनका प्रदेश अध्यक्ष सत्य प्रदास श्रेष्ठ, प्रेस संगठनका केन्द्रीय सदस्य आशिष विश्वकमा, नेपाल पत्रकार महासंघका जिल्ला सहसचिव धर्मेन्द्र पासवान, प्रेस चौतारीका जिल्ला अध्यक्ष शिवकुमार साह, प्रेस सेन्टरका जिल्ला अध्यक्ष रामभरोसी यादवलागायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए।






















