काठमाडौं, ५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिरहाका पुरुषोत्तम यादवलाई सहमहामन्त्री बनाएको छ। रास्वपाको केन्द्रीय समिति बैठकले रिक्त विभिन्न पदाधिकारी पद पूर्ति गरेको छ। सभापति रवि लामिछानेले यादवलाई सहमहामन्त्रीमा मनोनीत गरेका हुन्।
जेनजी यादव प्रतिनिधिसभा सदस्यसमेत हुन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको बैठकले पार्टीको अन्य पद पूर्ति गरेको छ।
जसअनुसार प्रवक्तामा जगदीश खरेल, कोषाध्यक्षमा डा मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरी मनोनित भएका छन्।
आजको बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनित गरेको छ। एक उपसभापति, एक महामन्त्री ,एक सहमहामन्त्री अझै मनोनित हुन बाँकी छ।






















