सिरहा, ४ भदौ। ब्रह्माकुमारीज समाज सेवा प्रभाग र हुने भएको छ। विश्व वन्धुत्व दिवसको अवसर पारेर सिरहासहित देशभर रक्तदान हुन लागेको हो।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको आयोजनामा सिरहा सदरमुकामस्थित ओम शान्ति भवनमा भदौ ५ गते शुक्रवार, कर्जन्हाको बन्दिपुरमा ६ गते शनिवार, ७ गते आईतबार गोलबजारको उद्योग बाणिज्य संघको भवनमा, ८ गते सोमबार सगरमाथा चौधरी आँखा अस्पताल लहान र ९ गते मंगलबार ओम शान्ति भवन लहान(पुरानो विजुली अफिस नजीक)मा रक्तदान कार्यक्रमको आयोजना हुने ब्रह्मकुमार प्रविण भाईजीले जानकारी दिए।
विश्वव्यापी वरुपमा भईरहेको यस रक्तदन कार्यक्रम जनकपुर सेवा आश्रम अन्तर्गत सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र उदयपुर जिल्लाको १७ स्थानमा आयोजना हुने आयोजक संस्था ब्रह्मकुमारी राज योग सेवा केन्द्र जकमपुरकी प्रमुख सृजना दिदीले जानकारी दिए। उनले पायक पर्ने स्थानमा गएर रक्तदान जस्तो महान कार्यमा सहभागीहुन आव्हान गरे।
उनले भने, ‘रक्तदान भनेको स्वेच्छाले गर्ने कार्य हो, सवैले दान गर्न पाउन भन्ने उद्देश्यले हामीले विभिन्न ठाउँहरुमा रक्तदान स्थल कामय गरेका छौं, इच्छुक महानुभावले पायक पर्ने ठाउँमा गएर रक्तदान कार्यमा सहभागी हुनुहोला।’
‘तपाईले दिने एक पोका रगतले ३ जनाले पुनरजीवन पाउँछन्, यो भन्दा पुन्यकार्य र महादान केही हुन सक्दैनन्’, सृजना दिदीभले भने, ‘त्यसैले हामी सवैले यो महान कार्यमा सहभागी अवश्य सहभागी हुनुहोस्।’
उनले शान्तिको लागि ज्ञान पान, योग ध्यान र रक्तदानलाई जोडेर हामी मानव सेवामा समर्पित भएको पनि बताए।
कार्यक्रम तालिका























