काठमाडौ., ३ साउन। स्वदेशमा रोजगारीको सम्भावना कम हुँदै गएपछि रोजगारीको लागि विदेशिनेको संखया बढेको छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या ७० हजार नाघेको छ। देशमा रोजगारी नपाउने अवस्था भएपछि एक महिनाको अवधिमा ७० हजार ४४१ जना विदेशीएका हुन्। गतवर्ष यस अवधिमा ६८ हजार ११० जना विदेश गएका थिए।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा नयाँ र पुनः श्रमस्वीकृति लिएर ७० हजार ४४१ जना रहेको छ। विदेशीनेको संख्या बढेसँगै विदेशबाट आउने रेमिट्यान्स २२ खर्ब रुपैयाँभन्दा धेरै पुगेको छ।
यस्तै, चालु आर्थिक वर्षमा श्रमस्वीकृति लिने महिलाको संख्या पनि गएको वर्षको साउनको तुलनामा केही बढेको छ। विभागका अनुसार गएको वर्षको साउनमा ९ हजार १६२ महिला रोजगारीका लागि विदेश गएका थिए। यो वर्षको साउनमा ९ हजार ९६९ जना छ।
समग्रमा नै पोहोरको साउनको तुलनामा यस वर्ष साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या धेरै देखिन्छ। विभागले पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएका कारण वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिनेको संख्या बढेको जनाएको छ।






















