गोलबजार, २ भदौ। पार्टीको आन्तरद्वन्द्व समयमा सहिढङ्गले समाधान गर्न नसक्दा कम्यूनिष्ट पार्टीहरु पटक–पटक फुट्ने र नेताहरुको हत्यासम्म हुने गरेको नेपाली कम्यूनिष्ट पार्टी (नेकपा)का नेता विश्वनाथ शाहले बताएका छन्। पार्टीको सिरहा क्षेत्र नम्वर ३ ले गोलबजारमा आयोजना गरेको सहिद रामवृक्ष यादवको ३२ औं स्मृतिदिवसलाई सम्वोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका शाहले पार्टी फुटेको केही महिनामा नै प्रतिकृयावादीहरुले यादवको हत्याभएको बताएका हुन्।

फूटको बेला पार्टी कमजोर हुने र आन्तरीक विवादपनि तिव्रहुने भएकाले प्रतिकृयावादीहरुले आक्रमण गरेका धेरै उदाहरुणरु रहेको शाहले बताए। उनले भने, ‘त्यसैले पार्टीको आन्तरीक विवादलाई समयमै सही तरिकाले समाधान गर्नु पर्छ, यसैले नै पार्टी र नेताहरुको रक्षामा सहयोग पुग्छ।’
सोही क्रममा नेता शाहले देश अहिले इतिहासमै सवैभन्दा ठूलो सङ्कटमा रहेको दावी गरे। उनले भने, ‘देश इतिहासमै पहिलो पटक यति ठूलो संकटमा छ। वाहिरी हस्तक्षेप तिब्रगतिले बढेको छ। यो बेला हामी हामीले सरकारलाई समयमै सचेत गराउनु जरुरी छ।’
‘पार्टीहरु आन्तरीक द्वन्द्वमा पसेका छन्, यो बेला वाहिरी हस्तक्षेप बढ्नु स्वभाविक हो,’ नेता शाहले भने, ‘अहिले नेपाली काँग्रेस, नेकपा एमालेमात्र हैन सत्तासिन पार्टी आफै संकटमा छ। यो अवस्था गम्भिर हो। संकटको बेला सवैले देश बचाउन पहल गर्नु पर्छ।’
सोही क्रममा उनले सहिद यादवले देखेको साम्यवादको सपना अझै पुरा नभएको बताए। उनहाँले देखेको सपना पुरा गर्न अझै लामो संघर्ष आवश्यक रहेको बताए।
कार्यक्रममा नेकपानेता तथा मधेश प्रदेश सभासदस्य प्रमोद यादवले सहिद यादवले देखाए सपाना साकार पार्न हामीसवैको दायित्व रहेको बताए। उनले सहिदहरुले देखाएको साहस, जनताप्रतिको योगदानलाई हामीले खेर जान दिनु नहुने बताए। उनले त्यसको लागि हामी निरन्तर संघर्षमा रहनु पर्नेमा जोड दिए।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा संविधासभा सदस्य जगतप्रसाद यादवले सहित रावृक्ष यादवको योगदान नेपाली कम्यूनिष्ट आन्दोलनमा महत्वपूर्ण रहेको बताए।
पार्टीका जिल्ला सह–संयोजक दिपेश मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदेश सदस्इ कसमलामाले गरेका थिए।






















