काठमाडौं, ३१ साउन। पूर्ब न्यायाधीस गिरिश चन्द्र लालले मधेसका पुराना नेताहरूको परिक्षण भैसको र नयाँ नेतृत्व आउन नसकेको बताएका छन्। सहिद संजय चौधरी स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै लालले पुरानाले विश्वास गुमाई सकेको र नयाँ नेतृत्व देखानपरेका मधेशमा कारण नेतृत्व बिहिनताको अवस्था देखिएको बताएको हो।
‘मधेस : अबको बाटो’ बिषयको अन्तक्रिर्या कार्यक्रममा कानुन व्यवसायीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा पूर्ब न्यायाधीश गिरिश चन्द्रलाल, मधेस प्रदेशका पूर्व मुख्य न्यायधीवक्ता वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, बरिस्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कृष्ण मुरारी रौनियार, अभियन्ता माजीद अन्सारी, अधिवक्ता आनन्द गुप्ता लगायत ४ दर्जन जति जेन जी पुस्ता देखि बरिस्ठ अधिवक्ताहरुको उपस्थिति रहेको थियो।
सहिद संजय चौधरीका बहिनी तथा प्रतिष्ठानका अध्यक्ष ममता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अभियन्ताहरु विकी यादव, संजय यादव, अनिल महासेठ, संतोष मेहता सिंतांसु सिंह लगायको उपस्थिति रहेको थियो।
काठमाडौको सुबिधानगर स्थित इम्पेरियल हाउसमा आयोजित कार्यक्रममा कानुनी रुपमा मधेसमा भएको विभेद बारे चर्चा गरेका थिए। बरिस्ठ अधिवक्ता दिनेश त्रिपाठीले अहिले संविधान संशोधन भयो भने मधेसले पाएको पनि गुमाउने निश्चित रहेको बताए। कार्यक्रममा सहभागी अधिवक्ताहरुले राज्यले मधेसलाई मधेसी, मुस्लिम र थारुमा बिभाजन गर्न लागेका बताएका थिए।
सहिद संजय चौधरी स्मृति प्रतिष्ठान नेपालले साप्ताहिक रुपमा विभिन्न समुहसंग ‘मधेसः अबको बाटो’ विषयमा छलफल चलाउँदै आएको छ।






















