जनकपुरधाम, २८ साउन। धनुषामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। खेतमा विद्युतिय मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर नगराइन नगरपालिका ८ खिरखिरियामा स्थानीय २५ वर्षीय सितेशकुमार दासको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी डीएसपी मधुसुदन न्यौपानेका अनुसार घटना अपरान्ह भएको हो।
सोही समयमा खेतमा मोटरबाट पानी सिंचाई गर्ने क्रममा अचानक करेन्ट लागेर बेहोस भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।






















