जनकपुरधाम, २३ साउन। भारतबाट मलिएर आउने क्रममा उत्तै पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ ३८ दिनपछि घर आईपुग्नुभएको छ। भारतको सीतामढी जिल्लास्थित व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेशकुमार झाको एकल इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएपछि दुवै दाजुभई हिजो घर नेपाल हो।

बलरा नगरपालिका ५ का ६० वर्षीय नागेन्द्रप्रसाद सिंह र ५५ वर्षीय सुरेशप्रसाद सिंह गएको असार १७ मा पक्राउ गरेका थिए। दुई बोरा युरिया र ६ बोरा डीएपी मल साइकलमा राखेर घर फर्किनेक्रममा दुवै जनालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय कृषि विभागको संयुक्त टोलीले पक्राउ गरेको थियो।

मल तस्करीको आरोपमा सिंह दाजुभाइलाई सीतामढीको डुमरास्थित कारागार चलान गरिएको थियो। पक्राउ खबर सार्वजनिक भएपछि परराष्ट्रमन्त्री शिशिर खनालले चासो राखेर नयाँदिल्लीमा रहेको नेपाली दूतावासमार्फत भारत सरकारसँग कूटनीतिक समन्वय शुरु गरेको थियो।

उनीहरुलाई लिन परिवार भारत पुगेको थियो। १०÷१० हजार भारतीय रुपैयाँ धरौटीमा छुटेका सिंह दाजुभाइले तारिखका लागि अदालत धाउनुपर्ने हुन्छ।