सिरहा, २२ साउन। सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका ४ सिमराबाट ५३ किलो ४६५ ग्राम गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको गस्ती टोलिले विहिवार राती करिव १२ बजे ४ वटा प्लास्टिकको बोरामा भरीएको अवस्थामा उक्त गाँजा बरामद गरेको हो। 

प्लाष्टिकको बोरामा कपडाको नाम्लो बनाएर ४ जनाको समूहले बाकेर ल्याईरहेको अवस्थामा प्रहरीलाई देखेपछि उनीहरु बोरा फालेगर भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए। उनका अनुसार उनीहरु गस्तीमा रहेका प्रहरीलाई देखेपछि बोरा फालेर भागेको हो। प्रहरीले भरियाहरुको खोजि गरिरहेको छ।

यो बाटो हुँदै तस्करहरुले भारतीय बजारमा नेपाली गाँजा पुर्याउने गरेको स्रोतको दावी छ।

बरामद सामाग्रिको सम्वन्धमा प्रहरीले थप अनुसनधान गरिरहेको जनाएको छ।