गोलबजार, २१ साउन। सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा आन्दोलनको क्रममा प्रहरीले चलाएको गोलीलागेर मृत्यु भएकाहरुको श्रद्धाञ्जली कार्यक्रममा प्रतिनिधीसभा सदस्य तपेश्वर यादवले भड्काउपूर्ण अभिव्यक्ति दिएपछि कार्यक्रम विथोलिएको छ। गोलबाजार उद्योग वाणिज्य संघले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रम चलिरहेकै वेला पुगेका प्रतितिनिधीसभा सदस्य यादवले पुराना दलहरुकै कारण आन्दोलन भड्केको अभिव्यक्ति पटक पटक दिएपछि कार्यक्रम विथोलिन पुगेको हो।

उनले पुराना दलहरुले एक ठाउँको झगडालाई साम्प्रदायिक रङ्गदिएर भड्काएको भन्ने आरोप लगाएछि स्थानीय दलका प्रतिनिधी र व्यसायीहरु आक्रोषित भएका थिए। सहज रुपमा चलिरहेको कार्यक्रममको अन्तिम बक्ताको रुपमा वोलिरहेका सांसद यादवले राम्राजति आफ्नो दलले गरेको र खराव जति सवै पुराना दलका कारण भएको भन्दै यो घटनालाई पनि राजनीतिक रोटी सेक्ने कामको भन्ने पटक पटकको आरोप लागाएपछि कार्यक्रम विथोलिन पुगेको थियो। जसका कारण सांसद यादव बोल्दाबोल्दै कार्यक्रममा बाहिरीनु पर्ने अवस्था सृजना भयो।

कार्यक्रम विथोलिएपछि उनलाई प्रहरीको घरामा कार्यक्रमस्थलबाट अन्यत्र लगेका थिए।
स्थानीय सवैसमुदायका व्यसायी, नागरिक समाज, स्थानीय जनप्रतिनिधी र राजनीतिक दलको प्रयासमा आज श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो। श्रद्धाञ्जली कार्यक्रम पछि १४ गतेदेखि बन्द रहेको एउटा समुदायको पसल आजबाट खोल्ने सहमति भएको थियो। कार्यक्रम विथोलिएपनि उनीहरु अन्यौलमा परेको छ।
स्थानीय व्यसायीहरुले पनि श्रद्धाञ्जली सभालाई राजनीतिक मञ्च बनाएको प्रति खिन्न भएका छन्। उनीहरुले ‘हामी सवै मिलेर यहाँको अवस्था साम्य बनाउँदै जाने र सवैसमुदायले सहज रुपमा व्यसाय गर्ने वातावरण बनाउने भन्ने थियो तर, राजनीतिक रङ्गले सवै विथोलिन पुग्यो। यसले झन अन्यौल र असहज महसुस भईरहको छ।’
द्धाञ्जलि कार्यक्रममा अर्की सांसद समिना खातुनले हामी मिलेर बसेको समाजमा कसरले धर्मको नाममा हामीलाई झुधाई रहेको छ, त्यो वेलामै हामीले चिन्नु पर्ने बताए। उनले भने, ‘म पहाडकी छोरी हुँ, सिरहामा विवाह भएर आएको छु। मैले माईति र घरमा कति मिलेर बसेका छौं। यहाँ कसले हामीलाई धर्म, जात र रंगको आधारमा जुधाई रहेको छ? त्यो हामीले समयमै पहिचान गर्नु पर्छ।’
द्धाञ्जलि कार्यक्रममा संविधानसभा सदस्य जगत पव्रसाद यादव, नेपाल कम्यूनिष्ट पार्टीका नेता रामचन्द्र सिंह, नेपाली काँग्रेसका चन्द्रदेव यादव, गोलबजार नगरपालिका ६ का वडा अध्यक्ष संजित लामा, व्यसायी विक्रम साह, गोलबजार नगरपालिकाका स्वास्थ्य शाखाका सरोज कर्णले घटनाको छानविन गरी दोषीहरुलाई कार्वाही, मृतकलाई उचित क्षतिपूर्ती, आगजानी, तोडफोड र लुटपाट भएका व्यसायीहरुलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माँग गरे।
उनीहरुले मान्छेमारेर हिन्दुराज्य घोषणा नहुने भन्दै त्यस्ता माँगराख्नेहरुले बैकल्पिक बाटो अपनाउनु पर्ने सुझाव दिए। उनीहरुले प्रश्न गरे, ‘मान्छे मारेर हिन्दुराष्ट्र घोषणा हुन्छ? हुदैन भने अहिले दुई तिहाई नजीकको सरकार छ, त्यहाँ गएर आफ्नो माँग जोडदार ढङ्गले राख्नुहोस्।’






















