गालबजार, २० साउन। सिरहाको गोलबजारस्थित जय गोविन्द साह पोलि टेक्निकल इन्सिच्युटले प्राविधिक शिक्षातर्फ नयाँ भर्ना भएका विद्यार्थीहरूलाई एक कार्यक्रमको आयोजनागरी भव्य स्वागत तथा अभिमुखीकरण गरेको छ। गोलबजार नगरपालिका र सीटीईभीटीको सहकार्यमा सञ्चालित यस इन्सिच्युटमा पढाईहुने विभिन्न विषयका भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण गरिएको हो। 

a1d9fe12-a017-4fb4-8ade-61cce5eeef2a

स्वागत कार्यक्रममा यस इन्सिच्युटका अध्यक्षसमेत रहेका गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले संस्थालाई सवल बनाउन आफ्नो तर्फबाट गर्न सकिने सवैखालका सहयोगहरु गर्न तत्पर रहेको बताए। उनले भने, ‘हामी सवैको सहकार्य र सहयोगमा यो संस्था चलेको हो। म र नगरपालिकाको तर्फबाट यस संस्थालाई आवश्यक सवैखालका सहयोग गर्न तयार छौं।’

537d298c-2776-4019-9ac7-e07fd5b49179

उनले नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै सफल उज्वल शैक्षिक भविश्यको शुभकामना व्यक्त गरे। 

सोही क्रममा उनले जग्गा भेट्ने वित्तिकै यस संस्थाको आफ्नै भवन निर्माणको लागि पहल गर्ने प्रतिबद्धता समेत जनाए। उनले भने, ‘पहिला भवन निर्माणको लागि रकम आएको थियो, त्यसवखत जग्गा प्राप्त हुन सकेन, रकम फिर्ता गयो। अहिले पनि जग्गा भेटियोभने भवन निर्माणको लागि रकम जोहगर्न सकिने बताए।’

कार्यक्रममा नगर उपप्रमुख मानती साह, वडा नम्वर ६ का वडा अध्यक्ष संजित लामा, शिक्षा शाखा अधिकृत सुबोध कुमार लामा,  इन्सिच्युटका सदस्य योगेन्द प्रसाद सिंहले सम्पूण नव आगन्तुक विद्यार्थीको शैक्षिक भविष्यको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए। 

इन्सिच्युटका प्राचार्य अर्चना यनदबको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, प्रशिक्षकहरुको उपस्थिति रहेको थियो। 

भवन निर्माणको लागि एक करोड ५० लाख रुपैंया संघिय अनुदान आएको थियो। स्थानीय तहले जग्गा उपलब्ध गराउन नसकेपछि उक्त रकम फिर्ता पठाउनु परेको थियो। 

समिति सदस्य योगेन्द्र सिंहले इन्सिच्युटले शिक्षालाई महत्वकासाथ लिएको बताए। उनले भने,  हामीले कहिल्यैपनि हाम्रो मान्छे खोजेनौं, सधै दक्ष तथा अनुभवि शिक्षक, प्रशिक्षक छनौंट गर्यौं, आज हामीसँग अत्याधुनिक ल्याव, पुस्तकालय, र भौतिक पूर्वाधार छ। पठन पाठनमा सम्झौता गरिएको छैन।’

उनले आफूहरुले उच्च शिक्षाको बलियो आधारस्तभ तयार पार्न मदत गरेकोसमेत जिकिर गरे। 

यस इन्सिच्युछमा डिप्लोमा तह अन्तर्गत फर्मेसी, सिभिल इन्जिनियरीङ्ग, जियोमेटिक्स इन्जिनियरिङ्ग, इन्फर्मेशन टेक्नोलोजी(आईटी), बाली विज्ञान विषयको पठन पाठन हुँदै आएको छ।