काठमाडौं, १९ साउन। सुनसरी घटनाका थप एक जना घाइतेको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ। काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २२ वर्षीय रवीन्द्र मेहेताको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।
अर्का एक जना घाइतेको वीरमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दीलिप घिमिरेले जानकारी दिए।
यसअघि सुनसरीमा दुई र सिरहामा एक जना गरी तीन जनाको मृत्यु भएको थियो। सुनसरी कप्तानगञ्जमा ओमप्रकाश मेहेता र जयप्रकाश मेहेताको मृत्यु भएको थियो भने सिरहाका गणेश यादवको मृत्यु भएको थियो।
रवीन्द्रको मृत्युसँगै आन्दोलनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ।






















