सिरहा, १९ साउन। सुनसरीको देवानगञ्ज घटनाले मधेशमा छिपुट आन्देलन भईरहकै बेला सिरहाको गोलबजारमा पनि देखिंदै थियो। एक्कासी १४ गते आन्दोलनले हिंसात्मक रुपलियो। घटनाले यति बेग लियोकी क्षणभरमै गोलबजार आगो र धुवाँको मुस्लोमा लपेटीयो। 

GBR HINDU ANDOLAN3

आन्दोलनले उग्र रुप लिनथालेपछि सिरहा प्रशासनले १४ गते अपरान्ह २ बजे जिल्लाका अन्यक्षेत्रसँगै गोलबजारमा पनि कफ्र्यू आदेश जारी गर्यो। करफ्यूको समय नजीकीएसँगै सुक्षा कर्मीको उपस्थिति बाक्लिदै थियो। आन्दोलनकारी विस्तारै तितरवितर हुँदै थियो, सोही क्रममा अर्को समूह हातहतियारसहित गोलाबजार आउँदै छ भन्ने हल्ला फैलियो। तिरतवितर हुँदै गरेको आन्दोलनरत पक्ष पुनः एकत्रित हुँदै गोलबजारको शिवमन्दिर पुग्यो। 

GBR HINDU ANDOLAN

त्यहाँ दुवैपक्ष आमनेसाने भएपनि सुरक्षा कर्मीले तितरवितर बनायो। आन्दोलनरत समूह नेपाल टेलिकमको कार्यालय तर्फ भाग्यो। उनीहरुले त्यसक्रममा बाटोमा भएका करिव दुई दर्जन मोटरसाइकलहरुमा आगो झोसदै हिंडे। क्षणभरमै सवै मोटरसाइकल खरानी भयो। मोटरसाइकलमा आगो लगाएको समूह र थप आन्दोलनकारीहरु रामप्रताप रामप्रसाद क्याम्पस क्षेत्रमा जम्मा हुँदै थियो।  सुरक्षाकर्मीहरु पनि उनीहरुलाई लखेट्दै त्यहि आईपुगेपछि प्रहरीमाथि ढुङ्गामुडा भयो। सोही क्रममा प्रहरीले चलाएको गोली गणेश यादव र शुभाष ठाकुर दुई जनालाई लाग्यो। 

1753dee1-a4f5-46ce-9e5f-bbaf7309a348

गोलीलागेकाहरुलाई स्वास्थ्य संस्था पुर्याएपनि   गणेशको तत्काल मृत्यु भयो। मृत्युका हल्ला फैलिएसँगै आक्रोशित भिड एवीमल, निहाल आईरन स्टोर्स, आफ्रिन मासुपसलमा आगो झोस्दै बजारमा प्रवेश गरेर लुटपाट, तोडफोड र आगजानी गर्न सुरु भयो। केही बेरमा गोलबजारको मुख्य चौकभन्दा २ किलो मिटर पश्चिम चोहर्वाको न्यू अस्लम बस्त्रालयमा पनि आयो लगायो। त्यसवेला भने सुरक्षा कर्मीको भूमिका कमजोर देखिए।

GBR HINDU ANDOLAN8

निहाल आईरन स्टोर्समा मात्र करिव २५ करोडको क्षति भएको सञ्चालकले बताए। अहिलेसम्म यो हार्डवेयरमा नै सबैभन्दा ठूलो क्षति भएको अनुमान गरिएको छ। घटनापछि स्टोर्सका सञ्चालक मो. साविर खान अझै अस्पतालमा छ। 

यो पसल रहेको ३० कोठाको भवन आगलागीका कारण कामैनलाग्ने अवस्थामा पुगेको छ। घरका छत, पिल र विमहरु भत्केका छन्। बाङ्गिएका छन्। 

घरधनी ४२ वर्षिय मो. अनवर खानले तीन करोडभन्दाबढी लगानीमा घर निर्माण भएको बताए। उनले ३० वटा कोठाहरु रहेको व्यसायीक भवन निर्माण गर्न मेरा दाई २५ वर्ष र हामी अन्य चार दाजुभाईले विदेशमा कमाएको सम्पूर्ण कमाई लागेको छ। करिव सावा दुई कठ्ठा जग्गा र भवन निर्माणमै हाम्रो कमाई र थप २ कारेड एनआईसी बैंकबाट ऋण लिएर लगानी गरेका थियौं। 

GBR HINDU ANDOLAN10

उनले छोटो प्रतिकृया दिंदै भने, ‘अव कसरले यहाँ लगानी गर्ने हिम्मत गर्छ। अव यहाँ पुनः लगानी सम्भव नै छैन।’

सिरहा सुपरमार्केट (एबी मल) मा भवनमा पनि ठूलो क्षति भएको छ। भवनको अघिल्लो भाग कामै नलाग्ने भएको छ। क्षतिको विवरणभने अझै एकीन भन्न नसकिने सञ्चालक बताउँछन। एवीलका सञ्चालकको घरमासमेत आगलागि भएको छ।

गोलबजार ८ चोहर्वाको न्यू असलम बस्त्रालयमा करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको सञ्चालक अस्लम खानको दावी छ। उनको घरसमेत काम नलाग्नेगरी डढेको छ। 

गोलबजारकै झमझम होटल, केही आवासिय घरहरुमा समेत आगजानी र तोडफोड भएका छन्।  

मृत्युको घटनापछि भएको आगजानी, तोडफोड र लुटपातको घटनामा अरबौंको धनमाल नोक्सान भएको छ। 

तर, घटनाको आज पाँचौ दिनसम्म स्थानीय प्रशासनबाट यसको विवरण सकलनकार्य हुन सकेको छैन। सिरहाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकले हिजोबाट निबेदनहरु प्राप्त भएको भन्दै आजबाट घटनास्थलको मुचुलकाहरु लिने कार्य प्रारम्भ हुने बताए।