सिरहा, १८ साउन। सिरहाको गोलबजार घटनाको छानविन गर्न सरकारी टोलि गोलबजार आईपुगेको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनको गोली काण्ड तथा आगजानी, तोडफोड र लुटपाट घटना छानविनको लागि गृह मन्त्रालयको टोलि आज गोलबजार आईपुगेको हो। 

घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वको उच्चस्तरीय टोलीले घटनाबारे आवश्यक तथ्य, प्रमाण र सरोकारवालासँग छलफल गर्दै छानबिन प्रक्रिया अघि बढाएको छ।

आन्दोलनको क्रममा प्रहरीले चलाएको गोलीलागेर सिरहाकै औरही गाउँपालिका २ तुलसीपुरका १५ वर्षिय  गणेश यादवको मृत्यु भएको थियो। उनी गोलबजारस्थित माउण्ट स्कूलमा कक्षा १२ मा अध्ययनरत थिए।

सोही क्रममा आक्रोषित भिडल गोलबजारस्थित एवीमल, नेहाल हार्डव्यर सेन्टर, न्यू अस्लम बस्तात्रालयलगाएत आधारदर्जन घर तथा पसलहरुमा आगजाति, तोडफो र लुटपाल गरेको थियो।

घटनापछि गृहमन्त्री सुधन गुरुङले पीडित परिवारको घरमै पुगेर छानबिन गर्ने र दोषीलाई कारबाही गरिने प्रतिबद्धता जनाएका थिए। मृतक यादव कक्षा १२ मा अध्ययनरत विद्यार्थी थिए।