सिरहा, १५ साउन।  सिरहाको मिर्चैयामा आज सामाजिक सद्भाव र्‍याली निकालिएको छ। मिर्चैयामा सर्वदलीय बैठक बसी सद्भाव र्‍याली निकाल्ने सहमति अनुसार निकालिएको हो।

‘हिन्दु–मुस्लिम एक हौँ, बौद्ध, सिख–ईसाई आपस मे भाइ–भाइ’ नारासहित निस्केको सद्भाव र्‍यालीले मिर्चैयाको विभिन्न चोकको परिक्रमा गरेको थियो। सद्भाव र्‍यालीमा सबै समुदायको उपस्थिति थियो।

mirchaiya4 (7)

सुनसरी घटनालाई लिएर सिरहाको गोलबजारमा विहीबार दुई पक्षबीच भीडन्त पछिको अवस्था नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोलीबाट सिरहा औरही गाउँपालिका २ तुलसीपुरका करिव १५ वर्षिय गणेश यादवको मृत्यु भएको थियो भने धनुषाधाम घर भएका सुभाष ठाकुर घाइते भएका थिए। उनको उपचार भइरहेको छ।

सिरहाको आज पनि गोलबजार र लहान नगरपालिका आसपासको क्षेत्रमा कर्फ्यु जारी छ।

सिरहाको चोक चोकमा सुरक्षाकर्मीहरुको वाक्लो उपस्थिति रहेको छ। सडक, बजार पसलहरु सुनसान छन्।