सिरहा, १५ साउन। आन्दोलनका क्रममा बिहीबार गोली लागि मृत्यु भएका सिरहाको औरही गाउँपालिका २ तुलसीपुरका १५ वर्षीय गणेश यादवको परिवारलाई पालिकाले १० लाख सहयोग गर्ने भएको छ। आज बसेको कार्यपालिका बैठकले यादवको परिवारलाई पालिकाले १० लाख रुपैयाँ दिने घोषणा गरेको हो।  

विपन्न परिवारका समेत रहेकाले र आफ्नो पालिकाका व्यक्तिमाथि यतिठूलो बज्रपात भएकाले कार्यपालिकाको निर्णयबाट उक्त रकम राहत स्वरुप प्रदान गर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत देवशरण यादवले जानकारी दिए। 

सुनसरीको देवानगञ्ज घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर उनको मृत्यु भएको प्रत्यक्ष दर्शीले बताएको छ। उनी दाजुसँगै गोलबजारमा डेरा भाडालिएर निजी विद्यालयमा पढ्दै गरेका थिए। 

aurahai gapa