सिरहा, १५ साउन। सिरहाको गोलबजारमा विहिवार भएको गोलीकाण्डपछि आज विहानैबाट सुरक्षा व्यवस्था कडा गरिएको छ। ठाउँ ठाउँमा सेना र प्रहरीले गस्ति गर्न थालेपछि गोलबजार र लहानको अवस्था सामान्य बन्दै गएको छ। 

गोली लागेर बालकको मृत्यु पछि अवस्था थप भड्कीन नदिन विहानैबाट गोलबजारको पूर्वी सीमाना गागन खोलादेखि पश्चिमी सीमाक्षेत्र चोहर्वासम्म सेना तथा पुलिस तैनाथ गरिएको छ। सवै साहायक सडकमा सुरक्षा कर्मी तैनाथ गरेर बजार क्षेत्र प्रवेशमा पूर्ण रोक लगाइएको छ।  

जिल्ला प्रशासन कार्यालयले गोलबार र लहानक्षेत्रमा अनिश्चित कालिन कर्यू जारी गरेको सहायक जिल्ला प्रमुख अधिकारी चेतराज बरालले जानकारी दिए।

सुनसरीको देवानजञ्जमा भएको घटनापछि भएको आन्दोलनको क्रममा विहिवार अपान्ह गोलीलागेर ४ क्याम्पस चोकमा प्रहरीले चलाएको गोली लागेर जिल्लाकै औरही २ का करिव १५ वर्षिय गणेश यादवको मृत्यु भएको थियो।  

सोही क्रममा गोली लागि धनुषाका सुबोध ठाकुर र गोलबजार १२ बेतौनाको रामजानकी मन्दिरका महन्थ लक्ष्मणदास घाइते भएका छन्। उनीहरुको उपचार भईरहेको छ। 

आन्दोलन कारीले हिजै एवी मल र नेहाल हार्डवेयर, अस्मम कपडा पसलमा लागेको आगो अझै निभेको छैन। सहायक प्रमुख जिल्ला अधिकारी चेतनारज बरालले आगो निभाउने प्रयार भईरहेको बताए। तर, आगो लागेको करिव १५ घण्टा वितिसक्दा पनि निभाउन नसक्नुले सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।