सिरहा, १४ साउन। सिरहाको गोलबजारमा एक जनाको मृत्यु हुनेगरी भएको गोलीकाण्डको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। बिहीबार दिउँसो गोलबजारमा गोली लागेर जिल्लाकै औरही गाउँपालिका २ का  करिव ५ वर्षिय गणेश यादवको मृत्यु र १९ वर्षिय शुभाष ठाकुर घाइते भएपछि घटनाको वास्तविकता पत्ता लगाउन एसपी भेषराज रिजालको नेतृत्वमा समिति गठन गरिएको हो। 

छानविन समितिमा इन्सपेक्टर यज्ञराज भट्ट र असई गोविन्द झा सदस्य रहेका छन्।

प्रहरीका अनुसार समितिले घटनास्थलको निरीक्षण, प्रमाण संकलन र सम्बन्धित पक्षसँग सोधपुछ गरी घटनाबारे विस्तृत प्रतिवेदन पेश गर्नेछ।