सिरहा, १४ साउन। सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव प्रहरीले सडकबाट उठाएको छ। सडकमै शव राखेर प्रदर्शन गरिरहेका ठाउँबाट प्रहरीले अहिले साँझ शव उठाएको हो। 

प्रहरीसँगको झडपका क्रममा गोली लागेर औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो।

अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। अझै पनि प्रदर्शन रोकिएको छैन।

आफन्तसहित शव प्रहरीको गाडीमा लगिएको भएपनि कहाँ लगेको हो भन्ने खुुलेको छैन। प्रहरीले घटनाको सम्वन्धमा सहजरुपमा सुचना दिईरहेको छैन।