सिरहा, १ साउन। सशस्त्र प्रहरी बल नम्वर ७ गण हेड क्वटर सिरहाले सीमाक्षेत्रको विभिन्न स्थानबाट  करिव साडे १५ लाख बराबरको अवैध सामानहरु बरामदगरी भन्सार कार्यालय बुझाएको छ। किराना सामान, कपडा, मदिरा तथा पेय पदार्थ र दुई थान मोटरसाइकलसहित .१५ लाख ४८ हजार ८७० रुपैयाँ मूल्य बराबरको भन्सार छलीका सामानहरु शुक्रवार बरामद गरी सिरहा भन्सार कार्यालयमा बुझाएको हो।  

गस्तीको क्रममा नेपाल भारत सीमाक्षेत्रबाट बीआर ३२ एए ९०८ र बीआर ३२ एफ ६५९७ नम्वरको मोटरसाइकल सहितको उक्त सामाग्री रितपूर्वक बरामदगरी आवश्यक कार्वाहकीको लागि भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल नम्वर ७ गण हेडक्वटर सिरहाका सूचना अधिकारी सीयाराम चौधरीले जानकारी दिए। 

कपडा तथा किराना सामानहरु भारतबाट नेपाल तर्फ अबैध रुपमा आउने र मदिरा भारत तर्फ जाने गर्दछ। 

त्यसैगरी, सशस्त्र प्रहरी बल नम्वर ७ गण हेड क्वटर सिरहाले गत असार महिनामामात्र एक करोड ५६ लाख मूल्य बराबरको चोरी पैठारीको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ। 

012efef6-a285-4240-8304-f6bef671b298