सिरहा, २५ असार। सिरहाको धनगढीमाईबाट प्रतिवन्धित लागु पदार्थ ब्राउनसुगरसहित दुई युवकलाई प्रहरीले पक्राउ परेका छन्। धनगढीमाई नगरपालिका १२ का राजाराम यादव र लहान १३ का २२ वर्षिय दिपक कुमार महतोलाई धनगढीबजारबाट ५ ग्राम ६१० मिलग्राम ब्राउनसुगरसहित प्रहरीले बुधबार अपरान्ह पक्राउ गरेको हो।
धनगढीबजारमा लागुऔषध ओसारपोसार गरिरहेको भन्ने सूचनाका आधारमा पुगेका इलाका प्रहरी कार्यालय धनगढी र लागु औषध नियन्त्रण ब्युरो गोलबजारको संयुक्त टोलिले उनीहरुलाई नियन्त्रणमा लिएको हो। बरियारपट्टीबाट लहान तर्फ जाँदै गरेको म.प्र. ०१–००६ प २५९५ नम्वरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा महतोको साथबाट उक्त पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेश बहादुर पालले जानकारी दिए।
प्रहरीले मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका जनाएको छ।





















