सिरहा, २५ असार। मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले जीवनको मुख्या आधार पानी भएको बताउँदै प्रत्यक विद्यार्थीले शुद्ध पानी पीउने पाउनु पर्ने बताएका छन्। सिरहाको गोलबजार नगरपालिका ११ स्थित श्री जनता माध्यमिक विद्यालय बलकावाको पीउने पानि उपचार प्लान्टको उद्घाटन गर्दै मन्त्री सिंहले शुद्ध पानी पाउनु सम्पूर्ण विद्यार्थीको अधिकार रहेको बताएका हुन्।  

IMG-20260709-WA0002i

उचित पानिको प्रवन्ध नहुँदा बालबालिकाहरुमा विभिन्न प्रकारका रोग लाग्नसक्ने जोखिम रहने मन्त्री सिंहले बताए। उनले विद्यालयमा पीउने पानीको उचित प्रवन्धको लागि मन्त्रालयले आफ्नो ढङ्गले कामगर्ने बताउँदै गैरसरकारी संस्थाहरुलाई पनि विद्यालयमा कामगर्न आव्हान गरे। 

IMG-20260709-WA0006

मन्त्रीसिंहले भने, ‘यस प्रकारको प्लान्ट जडानबाट यहाँका बालबालिकाको शुद्ध पीउने पानीमा पहुँच वृद्धि भएको छ। मन्त्रालयले पनि यसमा काम गर्ने छ। तपाईहरुजस्ता गैरसरकारी संस्थाले पनि यसलाई थप निरन्तरता दिनु आवश्यक छ।’

IMG-20260709-WA0001

सोही क्रममा मन्त्री सिंहले शिक्षाको अवस्था देशमै सवैभन्दा कमजोर मधेशको रहेको प्रति चिन्ता व्यक्त गरे। एनले भने, ‘भौगोलिक, बाटो घाटो र अन्य विषयमा सुगमरहेको मधेश शिक्षाको अवस्था कमजोर छ। यसले हामीसवैलाई गिज्याई रहेको छ। हाम्रो शिक्षाको गुणस्तर उकास्न हामी सवैले मेहनत गर्न आवश्यक छ।’

उनले मन्त्रालयले यो वर्ष शैक्षिक गुणस्तर वृद्धि र विद्यालयको भूर्वाधार विकासकालागि नीति तथा कार्यक्रम बनाएको बताए। ‘आगामी आर्थिक वर्षबाट पाँच सय स्वयम्सेवक शिक्षक भर्ना गर्दै छौं, प्रत्यक जिल्लामा ३/३ वटा छात्रावाससहितको नमुना विद्यालय बनाउँछौं,’ मन्त्री सिंहले भने, ‘शैक्षिक सुधारका लागि शिक्षक  भर्ना, गरिब विपन्न विद्यार्थीकालागि छात्रवास र अंग्रेजी माध्यमबाट पठन पाठन गर्ने विद्यालायलाई विशेष अनुदानको योजना नीति तथा कार्यक्रममै पारेका छौं। आउने वर्षबाट लागु हुनेछ।’  

गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले प्लान्ट जडान गरेर विद्यार्थीलाई शुद्ध पिउने पानि उपलब्ध गराउन सहयोग गरेका गैरसरकारी संस्था हेल्पीङ ह्याण्डलाई धन्यवाद दिए। ‘तपाईहरुले प्लान्ट जडान गनुभएकोमा धन्यवाद छ। नगरपालिकाले आवश्यक थप बोर्डिङ आउने आर्थिक वर्षको सुवातमै जडान हुन्छ;’ मेयर श्रेष्ठले भने। 

हेल्पिङ ह्याण्डले पानी, सरसफाई तथा स्वच्छतासम्वन्धि सचेतना अभियान अन्तर्गत विद्यालयमा पानि उपचार प्लान्टसहित धारा जडान गरेका छन्। यसको लागि संस्थाले सातलाखभन्दा बढी रहम लगानी गरेको साझेदारसंस्था हेल्पिक हार्ट, नेपालका महासचिव मिराज खानले जानकारी दिए। 

सोही अवसरमा विद्यालयका छात्राहरुलाई स्वच्छतासम्वन्धि सामाग्री प्रदान गरिएको थियो। 

उद्घाटन कार्यक्रममा हेल्पिङ ह्याण्डका रिजनल डाइरेक्टर मो. खालिद मोहिसिमले आफ्नो संस्थाले यहाँ सहयोग गर्न पाएको खुशी व्यक्त गरे। ‘यहाँ कामगरिरहेका युवा टिम असाध्यय उत्साहित र इनरजेटिक हुनुहुन्छ। यसबाट म असाध्यय प्रभावित भएको छु, आउँदा दिनहरुमा पनि हामीले यस्तो प्रकारका कार्यहरुलाई निरन्तरता दिन्छौं;’ डाइरेक्टर मोहिसिमले भने।

गोलबजार नगरपालिका ११ का वडा अध्यक्ष मो. सोहेव अनवरले यसक्षेत्रको पानीमा अत्यधिक मात्रामा आईरन रहेको बताए। उनले भने, ‘लामोसमयदेखि विद्यार्थीहरु आईरनयुक्त पानी पीउन बाध्य थिए। हामीले  यो कुरा हेल्पिङ्ग ह्याण्डलाई जानकारी गरायौं,  अनुरोध र पहल गर्यौं, त्यसैको पछि आज यो उपचार प्लान्ट, धारा जडान भएको हो।’ 

पानी उपचार प्लान्ट जडान भएपछि यहाँ अध्ययनरत ५००  विद्यार्थी लाभान्वित भएको विद्यालयका प्रधानाध्यापक वेचन साहले जानकारी दिए। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मो जियाउद्दिन खानको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा  स्थानीय बुद्धिजीवि, व्यसायी, शिक्षक, अभिभावकको उपस्थिति रहेको थियो।