सिरहा, २४ असार। सिरहामा स्कूलबसमा मोटरसाइकल ठोकिंदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत गोलबजार नगरापलिका ९ चोहवामा मे.१ ख २३६३ नम्वरको शिव शक्ति बाल बोर्डिङग स्कूलको बसमा सोही दिसाबाट आउदै गरेको म.प्र.०१–००५ प ३४०६ नम्वरको मोटरसाइकल ठोकिंदा मोटरसाइकलमा सवार परिचय नखुलेका अन्दाजी २४ वर्षिय युवकको मृत्यु भएको हो।
दुर्घटनामापरी मिर्चया ५ का २४ वर्षिय शंख रिहान र १९ वर्षिय ईनतियाज राईन घाइते भएका छन्।
पूर्वबाट पश्चिम तर्फ गईरहेको बस एक्कासी उत्तर गोविन्दपुरतर्र्फ मोडिदा सोही दिशाबाट आउँदै गरेको मोटरसाइकल बसमा ठोकिएको प्रहरीको भनाई छ।
टाउको, दबे हात, दुबै खुट्टामा चोट लागेका रिहानको अवस्था गम्भिर रहेको छ। उनको लाईफ लोङ्ग अस्पताल गोलबजारमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनगर रिफर गरिएको छ।
राईनको बायाँ खुट्टामा चोट, बायाँ हात र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। उनको गोलबजरमा उपचार भईरहेको छ। उनीहरु तीनै जना एउटै मोटरसाइकलमा सवार रहेको प्रत्यक्ष दर्शिले बताए।
हाल सव मिचैया अस्पतालमा रहेको प्रहरीले बताएको छ। बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।























