सिरहा, २४ असार। सिरहाको धनगढीमाईमा कार्यरत एक शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै अख्तियारले आरोपत्र दायर गरेको छ। जिल्लाको धनगढीमाई नगरपालिका १ स्थित जनता माध्यमिक विद्यालय वेतहा भवानीपुरमा कार्यरत मावि तृतीय श्रेणीका शिक्षक गुन्जेश्वर मण्डल विरुद्ध आरोप पत्र दायर गरेको हो।
मण्डलले प्राणपत्र तह र स्नात्क तहका नक्कली प्रमाणपत्र पेश गरेर जागिर गरेको अख्तियार प्रवक्ता सुरेश न्यौपाने जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ।
‘झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेकाले मण्डललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुने मागदाबी बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ;’ अख्तियारको विज्ञप्तीमा उल्लेख छ।
मण्लले शिक्षक पेशामा नियुक्ति लिँदा भारतस्थित विहार इन्टरमिडिएट एजुकेशन काउन्सिल बाट आईएससी र चौधरी चरण सिंह विश्वविद्यालय मेरठबाट विज्ञानमा स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरेका थिए। उनले पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली गरेको विज्ञप्तीमा उल्लेख गरेको छ। उनले त्यहि प्रमाणपको पेस गरी माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदमा नियुक्ति लिएर कार्य गरिरहेको छ।
अख्तियारले मण्डलको योग्यताको प्रमाणपत्रहरू नक्कली रहेकोले छानविन गरी पाऊँ भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान थालेका थिए।






















