सिरहा, २४ असार। सिरहाको  लक्ष्मीपुर पतारीमा एक महिलाको शव फेला परेको छ। लक्ष्मीपुरपतारी ३  महेशपुर ४० वर्षिया रञ्जुदेवी यादवको शव सोही पालिकाको ५ र ६ नम्वर वडा जोड्ने सरस्वती खोलाको उत्तरी किनारे फेला परेको हो।

स्थानीय अजय यादवले भैंसी चराउने क्रममा शव देखेपछि उनका आफन्त र प्रहरीलाई खवर गरेका थिए। खवर पछि पुगेका प्रहरीले घटनाको मुचुल्कागरी पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान पठाएको छ। 

मृतका बुबा हरिदेव यादवलले रञ्जुको मानसीक समस्या रहेकोले केही समयदेखि माईतीमै बस्दै आएको बताए। उनले मानसिक समस्या रहेकाले उनको घरमा बस्ने, हिड्नेसमेत ठेगान नहुने बताए। उनको माईति पनि लक्ष्मीपुर पतारी ५ पथलगडामा हो। 

मृत्युको कारणभने खुलिनसकेको प्रहरीले जनाएको छ। घटनाबारे तत्काल केही बताउन नसक्ने भन्दै थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।