सिरहा, २३ असार। सशस्त्र प्रहरीले पछिल्लो ३ दिनको अवधिमा ३४ लाखभन्दाबढी मूल्यको कस्मेटिक, किराना, पित्तलको भाडा, मदिरा, इलेक्ट्रोनिक सामान निययन्त्रणमा लिएको छ। यसरी नियन्त्रणमा लिएको सामाग्रि आवश्यक कार्वाहिको लागि भन्सार कायायमा बुझाएको छ।
सशस्त्र प्रहरी नम्वर ७ हेड क्वाटर सिरहाले सोमबार अवेर जिल्लाको सीमाक्षेत्रबाट भन्सार छली भारतबाट नेपाल र नेपालबाट भारत तर्फ ओसार पोसार गरिरहेको अवस्थामा १४ लाख ३ हजार ३२६ रुपैयाँ मूल्य बराबरको कस्मेटिक सामान, मदिरा, इलेक्टोनिक सामान, डिजेल लगायतका समाग्रि बरामद गरेको छ।
त्यसैगरी, यहि असार १९ गते भन्सार छलिका ११ लाख १० हजार ४२५ रुपैयाँ र १८ गेत ९ लाख २६ हजार ८५० रुपैयाँ बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी नम्वर ७ हेड क्वाटर सिरहाका प्रमुख सुमन जंग थापाले जानकारी दिए।
नियमित गस्ती र अनुगनले सीमाक्षेत्रबाट सधैंजसो भन्सार छलीका सामाग्री बरामद गर्नेगरेको छ।





















