लहान, १२ असार। सप्तरी प्रहरीले बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई  युवकलाई नियन्त्रणमा लिएका छन्। पकाउ पर्नेहरूमा बलान बिहुल गाउँपालिका वडा नम्बर ३ का ३२ वर्षीय सुभाष कुमार पासमान र सोही ठाउँ बस्ने २२ वर्षीय धर्मेन्द्र सिंह रहेका प्रहरीले जनाएको छ।

बिहीबार दिउँसो ४ बजेतिर बलान बिहुल गाउँपालिका वडा नम्बर ३  स्थित  टिकुलिया–बेल्ही सडक खण्डमा बाँसको टहरा शंकास्पद अवस्थामा बसिरहेका उनीहरूको शरीर खानतलासी गर्दा पासमानको साथबाट ८ एमएम लेखिएको २ दुई राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरी सूचना अधिकारी डीएसपी हेमराज घिमिरेले जानकारी दिए।

उनले पक्राउ परेकाहरूलाई खरखजाना सम्बन्धी मुद्दामा अदालतबाट पाँच  दिनको म्याद लिएर अनुसन्धान गरिरहेको बताए।

mount 2082 1