सिरहा, ९ असार। लहान नगरपालिकाले नगरको १८ औं वर्षिकोत्सवको अवसर पारेर दुईजना सञ्चारकर्मीलाई सम्मान गरेको छ।  नगरले पत्रकार भरत जर्घामगर र राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता सुदिप राउतलाई सम्मान गरेको हो।

bharat g

लहान नगरपालिकाका स्थायीबासिन्दा जर्घा पत्रकार महासंघको केन्द्रीय सदस्य भएको भन्दै उनलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका हुन्। त्यसैगरी, पत्रकारीताको माध्यमबाट लहानको परिचयलाई थप उजागरगर्न योगदान गरेको भन्दै राससकर्मी राउतलाई सम्मान गरेको छ।

लहानका संस्थापक नगरअध्यक्ष एवम् पूर्व नगरप्रमुख लगनलाल चौधरी र नगरप्रमुख महेशप्रसाद चौधरीले उनीहरुलाई सम्मान गरेको हो।

राससमा आबद्ध राउतले करिब चार वर्षसम्म सिरहास्थित लहान कार्यालय प्रमुखका रूपमा कार्य गर्दै आउनुभएको थियो। जिल्लाका राजनीतिक, सामाजिक, आर्थिक तथा विकाससम्बन्धी गतिविधिलाई राष्ट्रिय स्तरमा समाचार प्रवाह गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। हाल उनी राससको भद्रपुर कार्यालयमा कार्यरत  छन्। 

यसैबीच नगरसभाले आर्थिक वर्ष २०८३÷८४ का लागि रु एक अर्ब ३९ करोड ७५ लाखको बजेट प्रस्तुत गरेको छ। प्रस्तुत बजेटमध्ये चालुतर्फ ७९ करोड २३ लाख र पुँजीगततर्फ ६० करोड ५२ लाख १० हजारको नगरउपप्रमुख रामचरितर महतोले बजेट प्रस्तुत गरेको छ। नगरपालिकाका अनुसार आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार विकास तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको छ।

mount 2082 1