चितवन, ६ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन भोलि आइतबारदेखि चितवनको भरतपुरस्थित औद्योगिक प्रदर्शनी केन्द्रमा भव्य रूपमा सुरु हुँदै छ।
पार्टीले नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले शनिबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। आयोगका प्रमुख भुवन केसीले जारी गरेको कार्यतालिकामा आजै राति महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशित गरिने भएको छ।
त्यस्तै, असार ८ गते दिउँसो १ बजेदेखि उम्मेदवारका लागि फारम वितरण गरिने भएको छ। त्यही दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।
रास्वपा केन्द्रीय समितिका लागि असार ९ गते बिहान साढे ८ देखि दिउँसो ३ बजेसम्म मतदाता तय गरिएको छ। केन्द्रीय सभापति र केन्द्रीय सदस्यका लागि पहिलो चरणमा मतदान हुनेछ।
पदाधिकारीका लागि दोस्रो चरणमा मतदान हुनेछ। त्यसको कार्यतालिकामा भने पछि सार्वजनिक गरिने आयोगका प्रमुख केसीले बताए।























