सिराहा, ३१ जेठ। सिरहा प्रहरीले सिरहाको मुख्य चोकबाट २० ग्रामभन्दा बढी प्रतिवन्धित लागु पदार्थ ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। सिरहा नगरपालिका ७ हेमनारायण चोकबाट २० ग्राम २ सय मिलिग्राम लागुपदार्थ ब्राउनसुगरसहित सोही नगरपालिका २ का २२ वर्षीय राजा यादव, वडा नम्वर १२ का २० वर्षीय प्रल्हाद कुमार यादव र २० वर्षीय सनि मुखियालाई शनिवार राति नियन्त्तण्मा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले स। ५ प ३९९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकवाँव क्रममा उक्त पदार्थसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ।























