फाईल फोटो
सिराहा, ३० जेठ। सिरहा प्रहरीले करिव २१ किलो अवैध गाँजासहित एक जनालाई सुखिपुरबाट नियन्त्रणमा लिएको छ। सुखीपुर नगरपालिका ८ सुखीपुर बजारबाट अवैध लागूऔषध गाँजा २० किलो ८ सय ९० ग्राम सहित धनगढीमाइ नगरपालिका १४ का ४९ वर्षीय उमेश कुमार आले मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले स. ७ प ६६२७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ सिरहा प्रहरीले जनाएको छ। यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



















