सिरहा, २६ जेठ। सिरहाको औरही गाउँपालिका ४ स्थिति आधारभुत विद्यालय तेनुवापट्टी इटाटारमा अध्ययनरत एक दलित छात्रामाथि गरिएको विभेद घटनामा संलग्न शिशिकालाई कार्वाही माँग गरेको छ। स्थानीय एक दलित बालिका कक्षा एकमा प्रथम भएपनि दलित भएकै कारण उनलाई तल झर्नु गम्भिर विभेद भएको भन्दै कक्षा शिक्षक रोशन कुमारी साहलाई तत्काल कार्वाही गर्नुपर्ने बैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपालले माँग गरेको हो। 

shuva shree school

परीक्षामा मूल्याङ्कनको आधारमा अघिल्लो कक्षाबाट प्रथम स्थान हासिल गरी कक्षा १ मा प्रवेश गरेकी थिए। उनले खुशियालीमा परिवार र गाउँमा चकलेट बाटेर खुसीयाली मनाएका थिए। 

संगठनका दलित थता उत्पीडित राष्ट्र विद्यार्थी विभागका संयोजक समशेरले विज्ञप्ती जारी गर्दै, ‘पछि उनको नाम प्रथम स्थानबाट हटाएएको थाहा पाएपछि उनी विद्यालय नै जान छाडिन्। यसले उनको बाल मनोविज्ञानमा गम्भीर असर पारेको छ। घटना जानकारी पाएपछि बालिका लिएर बुझ्न विद्यालय पुगेका परिवारका सदस्यसंग समेत शिक्षिक साहले अपमानजनक व्यवहार गरेको गरेको छ।’ 

विज्ञप्तीमा यस्तो असामाजिक र अमानवीय हर्कत विरुद्ध मुख्य आरोपित शिक्षका रोशन कुमारी साह र संलग्न अन्य व्यक्तिहरुलाई हदैसम्मको कारबाही गर्न जिल्ला प्रशासन सिरहा, स्थानीय सरकार र विद्यालय प्रशासनसँग माँग गरेको छं। पीडकलाई कार्वाही र पीडितले उचित न्याय नपाए त्यसको प्रतिवाद सशक्त ढंगले गर्ने जनाएको छ।

siraha dalit