सिरहा, २५ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प्रथम जिल्ला अधिवेशनले नेतृत्व चयनका लागि आज हुने  भनिएको निर्वाचत अनिश्चित भएको छ। सहमति हुन नसकेपछि आज १० बजेबाट हुने भनिएको मतदान प्रकृया विवादका कारण स्थगित भएको छ। 

आज विहानै देखि सहमतिका लागि भन्दै सिरहाका प्रतिनिधीसभा सदस्यहरु मधेश प्रदेश सभापतिसमेत रहेका सिरहा क्षेत्र नम्वर ४ का सांसद तपेश्वर यादव, क्षेत्र नम्बर २ का सांसद शिव यादव, क्षेत्र १ का सांसद बब्लु गुप्ता, क्षेत्र नम्बर ३ का सांसद शम्भु यादव र समानुपातिक सांसद पुरुषोत्तम यादवले सहमति जुटाउने प्रयास गरेका थिए।

705521264_1588534663277540_4869241638790147670_n

सहमति हुन नसकेपछि एउटा पक्षले निर्वाचन गराउने र अर्को पक्ष सहमति नै गर्नु पर्छ भन्ने विवादका कारण आज हुने भनिएको मतदान विथोलिएको हो। आईतबार खुल्ला सत्रपछि पनि दिनभरीजसो सहमतिको प्रयास भएका थिए। सहमति नजुटेपछि आज सोमबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने निर्वाचन आयोगका कार्यवाहक निर्वाचन संयोजक डा. इन्द्रजित महतोले सूचना जारी गरेका थिए। 

आज पनि सहमतिको प्रयास गरेको भएपनि सहमति जुट्न सकेन। सोही क्रममा निर्वाचन गराउने र सहमति नै गर्नु पर्छ भन्ने पक्षविच झडम समेत भएका छन्। 

झडपमा रास्वपाका कार्यकर्ताहरु घाइते समेत भएका छन्। 

जिल्ला सभापति पदका लागि वर्तमान सभापति हरि प्रसाद मैनाली, युवा नेता सुभाष कुमार यादव र राम सौगारथ यादवले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी, उपसभापति पदका लागि इ. अरविन्द कुमार राम, जीवछ यादव, निमा कुमारी यादव र गीता शाही चुनावी मैदानमा छन्। सचिव पदमा रमेश कुमार यादव, राजेन्द्र मण्डल, परीतोष कुमार यादव र अमित राज राईबीच प्रतिस्पर्धा हुने भएको छ।

रास्वपा केन्द्रिय निर्वाचन आयोगले स्थगित निर्वाचन प्रकृया भोली मंगलबार ९ बजेबाट सञ्चालन गर्ने समति भभएको विज्ञप्ती जारी गरेको छ। 

केन्द्रले भोली निर्वाचन प्रकृया हुने भनेपनि स्थानीय रुपमा अवस्था गम्भिर रहेको रास्वपा कार्यकताहरु नै बताउँछन्। पार्टीभित्र निर्वाचन गराउने र सहमति गर्ने विषयमा ठूलो मतभेद देखिएको छ। 

सहमतिमा बस्ने प्रतिनिधीसभाका सांसदहरुको आ–आफ्नै समूह भएकोले सहमति जुट्न नसको स्रोतको दावी छ।