सिरहा, २४ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प्रथम जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि सहमति नजुटेपछि निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गरिने भएको छ। निर्वाचन कार्यक्रम अनुसार भोलि बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने निर्वाचन आयोगका कार्यवाहक निर्वाचन संयोजक डा. इन्द्रजित महतोले जानकारी दिए।

shanti nikunja

नेताहरुविच सहमति नजुटेपछि निर्वाचन समितिले निर्वाचन पक्रियालाई सुचारु गर्ने उनले बताए। आज समय नभियाउने भएकाले भोलिको लागि मतदान प्रक्रिया सार्वजनिक भईसकेको उनले बताए। 

आईतबार बिहान ८ बजेदेखि अधिवेशनको खुला सत्र सुरु भए पनि नेतृत्व चयनमा सहमति कायम हुन सकेन। उनका अनुसार सिरहाका चारवटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा समानुपातिक सांसद पुरुषोत्तम यादवलगायतका नेताहरूले पटक–पटक सहमतिको प्रयास गरे पनि सफल हुन सकेन। सममति नभएपछि निर्वाचन प्रक्रियामा जाने निर्णय गरिएको हो।

डा. महतोका अनुसार निर्वाचनका अधिकांश प्रक्रिया पूरा भइसकेको र केही प्रतिनिधीको समस्या रहेकाले रातभरीमा त्यो समस्या समाधान गर्ने र निर्वाचन तोकिएकै समयमा हुने दावी गरे। 

जिल्ला सभापति पदका लागि वर्तमान सभापति हरि प्रसाद मैनाली, युवा नेता सुभाष कुमार यादव र राम सौगारथ यादवले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी, उपसभापति पदका लागि इ. अरविन्द कुमार राम, जीवछ यादव, निमा कुमारी यादव र गीता शाही चुनावी मैदानमा छन्। सचिव पदमा रमेश कुमार यादव, राजेन्द्र मण्डल, परीतोष कुमार यादव र अमित राज राईबीच प्रतिस्पर्धा हुने भएको छ।

उम्मेदवारी दर्तापछि सहमतिको प्रयास जारी रहे पनि प्रमुख पदहरूमा एकभन्दा बढी आकांक्षी कायम रहेकाले अन्ततः नेतृत्व चयन निर्वाचन प्रक्रियामार्फत हुन लागेको रास्वता नेताहरुले बताए।

3486835a-de30-4604-a043-aaec71b9b9c5