सिरहा, २४ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। धनगढीमाई १० जिरोमाइलमा सुरु भएको अधिवेशनमा अध्यक्ष पदकालागि बर्तमान अध्यक्ष हरि मैनालि, राम सोगारथ यादव र सुभाष कुमार यादवले उम्मेदवारी दिएका हुन्।
सुभाष कुमार यादव र रामसोगारथ यादव गत निर्वाचन अघि पार्टी प्रवेश गरेका थिए।
उपाध्यक्ष पदका लागि अरविन्द कुमार राम, जीवछ यादवर निभा कुमारी यादव र गिता शाहीसहित चारजनाले उम्मेवारी दिएका छन्।
सचिवमा भने रमेश कुमार यादव, राजेन्द्र मण्डल, परितोष कुमार यादव र अनित राज राईले उम्मेदवारी परेको छ।
सहसचिव पदका लागि फुलेश्वर नायक, राम हरी शर्मा, ओमप्रकाश श्रेष्ठ, रुपेश यादव, अरविन्द कुमार यादव र संजय कुमार यादवले उम्मेदवारी दिएका छन्।
सदस्य पदका लागि २७ जनाको उम्मेवारी परेको कार्यवाह निर्वाचन संयोजक डा. इन्द्रजित महतोले जानकारी दिए।























