सिरहा, २३ जेठ। मधेश प्रदेश सरकारले पारित गरेको दलित सशक्तीकरण ऐन २०७६ उचित  कार्यान्वयनका लागि दलित विकास समितिलाई अझ प्रभावकारी बनाउनु पर्ने समितिका उपाध्यक्ष जितेन्द्र पासवानले बताए। सिरहाको मिर्चैयामा शनिबार आयोजित ‘दलित अगुवा भेला तथा गोष्ठी’लाई सम्वोधन गर्दै उपाध्यक्ष पासवानले विकास समिति जति बलियो भने ऐन त्यतिधेरै प्रभावकारी ढङ्गले कार्यान्वयन हुने बताएका हुन्।

ddst

उनले विकास समितिलाई शसक्त बनाउन सवै क्षेत्रको साथ सहयोग आवश्यक रहेको बताए। उनले भने, ‘ऐतिहासिक रुपमा पछाडी पारीएका सिङ्गो समुदायको उत्थान म एक्लो प्रयासले हुँदैन। हाम्रो सम्पूर्ण समुदायको विकासको लागि सवैको साथ सहयोग आवश्यक छ। म सवै पक्षसँग हात्तेमालो गरेर अगाडी बढ्न तत्पर छु।’

shanti nikunja

उनले समिति एउटा निश्चित प्रकृयाबाट चल्ने संस्था भएको बताउँदै भने, ‘म यहाँ सधैं रहिरने पनि होइन। त्यसपछि तपाईंहरुकै पालो आउने हो। त्यसैले हामीले कसैको खुट्टातान्ने भन्दा पनि यो संस्थालाई कसरी मर्यादित बनाएर समुदायको पक्षमा काम गर्न सकिन्छ। त्यसतर्फ मेरो ध्यान केन्द्रित छ।’

उपाध्यक्ष पसवानले आफू समितिको उपाध्यक्ष भएको छोटो समय भएकोले धेरै गर्न नसकिएको बताए। अव आउने आर्थिक वर्षकालागि नयाँ योजनाहरु पेस गरिएको बताए। आगामी आर्थिक वर्षमा देखिने गरी काम गर्ने समितिको प्रयास रहने उनले सुनाए। 

सोही क्रममा शिक्षा, स्वास्थय, परम्परागत पेशा र धार्मी तथा साँस्कृतिक संरक्षणमा जोड दिएर काम गर्ने पनि सुनाए। उनले उच्च शिक्षामा प्राविधिक विषय लिएर पढेका दलित विद्यार्थीहरुलाई आगामी दिनहरुमा आवश्यक उपकरणहरु सहयोग गर्ने योजना बताएकोसमेत बताए। 

सोही क्रममा खेलकुद तथा समाज कल्याण मन्त्रालयअन्तर्गत खेलकुद तथा समाज कल्याण महाशाखाकी प्रमुख निर्मला मिश्रले विगतका दलित विकास समितिका पदाधिकारीहरुले प्रभावकारी ढङ्गले काम नसकेको बताए। उनले ‘विगतका समितिले अझ सक्रियता पूर्वका काम गर्ने पर्ने थियो त्यो भएन। अवको पदाधिकारीहरुले सक्रियता पूर्वक काम गर्नु पर्छ। सक्रियता बढाउनु पर्छ;’ भने। 

सोही क्रममा उनले यो छलपफलले ‘दलितमागि हुने विभेद के कारण रोकिन सकेको छैन? यो कसरी रोक्न सकिन्छ?’ भन्ने विषयमा यो छलफलले उचित निर्णय लिनु पर्नेमा जोड दिए। 

गोष्ठिमा इन्सेक नेपालका मधेश प्रदेश संयोजक राजु पासवानले दलित अधिकार सम्वन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय नीतिगत तथा कानुनी व्यवस्थाको विषयमा प्रस्तुति करण गरेका थिए। उनले दलितको पक्षमा रहेका नेपाल तथा संयुक्त राष्ट्र महासंकले गरेका निर्णयहरुका बारेमा सूचित गराए। 

सोही क्रममा उनले दलित अगुवाहरुहरु आफ्नो राजनीतक अधिकार, संवैधानिक तथा कानुनी अधिकारको विषयमा जानकार हुनु पर्नेमा जोड दिए। 

कार्यक्रममा राष्ट्रिय दलित पक्रकार संघका प्रदेश अध्यक्ष कैलास दासले मधेश प्रदेशमा दलित समुदायको राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक अवस्थाको विषयमा प्रस्तुति करण दिएको थिए। उनले मधेशमा सवैभन्दा बढी दलितहरु भएपनि उनीहरुको सवैक्षेत्रमा कमजोर उपस्थिति रहेको बताए। 

भुमिहिनता, दैनिय आर्थिक अवस्था, कमजोर शैक्षिक अवस्था, राजनीतिमा पहुँचको कमीले मधेशका दलितहरु पीडित रहेको बताए। त्यसैले दलित युवाहरुले शिक्षा, रोजगारी र राजनीतिक पहुँच वृद्धिमा जोड दिनुपर्ने उनले बताए।  

कार्यक्रममा मिडिया काउन्सिल मधेश प्रदेशका सदस्य मन्नु पासमान, जिल्ला समन्वय समिति सिरहाकी सदस्य गीता पासमान, सोनावती महरा तथा सुरुङ्गा नगरपालिकाकी पूर्व उपप्रमुख बिन्दा देवी पासमान लागायत सप्तरी र सिरहाका दलित अगुवाहरूको सहभागिता रहेको थियो।